पुनः लागुऔषध सहित उदयपुरमा दुई जना पक्राउ

उदयपुर ।  लागुऔषध नियन्त्रणमा सफलता प्राप्त गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले पुनः लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । उनिहरुलाई सदरमुकाम गाईघाट स्थित बसपार्क र ट्याम्पु चोक आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– ११ बस्ने बर्ष २२ को बिष्णु तामाङ र सोहि वडा स्थित प्रतिभा टोल बस्ने बर्ष ३० को लक्ष्मण थापा भन्ने त्रोण कुमार थापा रहेको छ ।

पक्राउ परेका तामाङको साथबाट डाईजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र लुपिजेसिक ४ एम्पुल फेला परेको छ । त्यसैगरि पक्राउ परेका थापाको साथबाट कोरेक्स २ बोतल र नाईट्रोजन ट्याब्लेट १० पिस फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेको थापा युजर नभएर लागुऔषध ब्यापारी रहेको पुष्टि भएको छ । पक्राउ परेका तामाङ र थापालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खाटिएको नियमित गस्ति टोलिले बुधवार पक्राउ गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *