ढुङ्गाले प्रहार गरी हत्या

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका ७ मा एक महिलाको ढुङ्गा प्रहारबाट आज एक स्थानीयको ज्यान गएको छ । उदयपुरगढी गाउँपालिकाकी धमिनी कार्कीको ढुङ्गा प्रहारबाट त्रिनपा ८ का बर्ष ५१ का शिव कार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार साझ साढे पाँच बजेको समयमा चुहाडेमा हिडिरहेको बेला महिलाले ढुङ्गा प्रहार गर्दा घाईते कार्कीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

ढुङ्गा प्रहार गर्ने महिला फरार रहेकाले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानप्रसाद श्रेष्ठले जानकारी दिए । घटनाको बारेमा अभियुक्त पक्राउ परेपछि मात्र विस्तृत विवरण आउने प्रहरीको भनाई छ । घटना स्थल सदरमुकाम गाईघाटबाट ७ किलोमिटरको दुरीमा पर्छ ।

ami-final

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *