चौथो उदयपुर गोल्ड कपको तयारी अन्तिम चरणमा

गजेन्द्र राई
उदयपुर, २२ माघ । आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम्म सन्चालन हुने चौथो उदयपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

यसबर्ष सदरमुकाम गाईघाटमा रहेको नबनिर्मित थारुहट रंगशालामा सन्चालन हुने गोल्डकपको फिल्ड निर्माण, मञ्च निर्माण तथा सजावटको कार्यहरु पुरा भईसकेको मुल आयोजक समितिका संयोजक किरण राईले बताए बताएका छन् । नेपाल सरकारको लगानीमा निर्मित रंगशाला घेराबेरा गर्ने, सम्याउनेदेखि दुबो उमार्नेसम्मको काम भईसकेको छ । पाँच हजार दर्शक अट्ने क्षमताको रंगशालामा हाल तीन हजार दर्शक बस्न मिल्ने ब्यवस्था मिलाईएको छ । प्रतियोगितामा विभिन्न राष्ट्रिय स्तरका ८ वटा टिमले भाग लिने पक्का भएको छ । जसमा रमपम झापा ११, रुपन्देही ११, धरान फुटबल क्लव, एपिएफ क्लव काठमाडौं, मोरङ ११, सिएमसी संकटा क्लव काठमाडौं, उदयपुर ११ र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लव काठमाडौं सहभागि हुने पक्का भएको हो ।

आयोजकले खेलाडीलाई खाने, बस्ने होटल लज तथा अन्य ब्यवस्थापनको तयारी पुरा गरेको जनाएको छ । विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको संयोजक जिल्ला विकास समिति उदयपुर र त्रियुगा नगरपालिकाले गरेको छ भने समुख्य प्रायोजन एसियन थाईफुड प्रा.लि. ले गरेको छ । प्रतियोगिताको प्रचारलाई ब्यापक बनाउन उदयपुरका दुईदर्जन साईक्लिष्ट खेलाडीहरुले र्याली पनि गरेका छन् । उनीहरुले सदरमुकाम गाईघाटदेखि बेल्टारबसाहा नगरपालिका हुदै सप्तरीको फत्तेपुर हुदै सुन्दरपुर, हडियो, जोगिदह, मोतिगडामा फन्को मारेका छन् ।

udayapur-goldcup

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *