उदयपुरमा पनि बोक्सी आरोपमा कुटपिट बढ्दो

उदयपुर, ११ माघ । बोक्सी आरोपमा कुटपिट हुने क्रम उदयपुरमा पनि बढ्दो रहेको पाईएको छ । बोक्सी आरोप कसुर र सजाय ऐन सम्वन्धि मंगलवार जिल्लाको सदरमुकाम गाईघाटमा भएको एक अन्तरक्रिया कार्यक्रममा यस्तो पाईएको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा महिला बालबालिका कार्यालय उदयपुरको आयोजनामा भएको सो कार्यक्रममा प्रस्तुत भएको एक कार्यपत्रमा यस्तो पाईएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुर महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख (असही) उमा गुरुङले प्रस्तुत गरेको कार्यपत्रमा उक्त घटना उल्लेख गरिएको छ । जिल्लाको हकमा कुनै पनि बोक्सीको आरोपमा ठूलो घटना नभएपनि साना तिना कुटपिटको घटनाहरु उल्लेखनीय रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । कार्यपत्रमा धामिझ्याक्रिको बिश्वासमा बोक्सीको आरोप लगाएर उदयपुरमा पनि कुटपिट हुनेखगरेको उल्लेख छ । कार्यपत्र प्रस्तुत गर्ने क्रममा घटना पछि प्रहरीमा आएको उजुरीको आधारमा पीडित र पीडकलाई छलफल गराएर धेरै जसो घटनाहरु मिलाएर पठाईने गरेको असही गुरुङले बताए ।

कार्यपत्रमा उल्लेख गरिएको त्रिबर्षिय विवरण अनुसार २०७०/७१ मा मुद्दा दर्ता एक र ठाडो उजुरी तीन रहेको छ । २०७१/७२ मा मुद्दा दर्ता एक ठाडो उजुरी चार रहेको छ भने २०७२÷७३ मा तीन ठाडो उजुरी परेको छ । कार्यक्रममा स्थानीय सरोकारवाला, सुरक्षा कर्मी र धामिझ्याक्रिहरुको बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *