उदयपुरमा हात्तिपाइले रोग निवारणको अवस्था देखियो

उदयपुर । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले हात्तिपाइले आम औषधी सेवन कार्यक्रम जिल्लामै अन्तिम पटक राखिएको जनाकारी गराएका छन् । बुधवार एक अन्तरक्रिया कार्यक्रमको अयोजनागरि जिल्ला जनस्वस्थ्य कार्यालयले सो जनाकारी गराएको हो । कार्यालयले जिल्लाबाट हात्तिपाइले रोग निवारण भएको अवस्था देखिएपछि यसपटक औषधी सेवन कार्यक्रम अन्तिम रहेको जनाकारी दिए ।

अन्तिम पटकको औषधि सेवन कार्यक्रम आगामी फागुन १२, १३ र १४ गते भएकाले गर्भवती, दीर्घरोगी, २ बर्षमुनीका बालबालिका र ७ दिनसम्मका सुत्केरी बाहेकका सबैले सहभागिता जनाईदिन जनस्वस्थ्य प्रमुख सागर प्रसाईले अनुरोध गरेका छन् । प्रमुख प्रसाईका अनुसार जिल्लाको साविक जोगिदह गाविस र कटारी नगरपालिकाका तीन÷तीन सय मासिसको रगत परिक्षण गर्दा १ प्रतिशत भन्दा कमीमा मात्र लक्षण देखिएकाले निवारणको अवस्था देखिएको हो । यो पटकको औषधि सेवन कार्यक्रमपछि पनि तीन पटकसम्म परिक्षण गरी तीनै परिक्षणबाट १ प्रतिशतभन्दा कम प्रकोप दर देखिएमा जिल्लालाई हात्तिपाइले रोग निवारण भएको घोषणा गरिने उनले बताए ।

५ पटकसम्म नियमित सेवन गरेपछि रोग निवारण हुने भनिएकोमा उदयपुरमा यो पटकसमेत ८ पटक हुन्छ । आर्थिकबर्ष २०६७÷०६८ देखि थालिएको सेवन कार्यक्रम आ.ब. ०७२÷०७३ मा ५ पटक भइ परिक्षण गर्दा ३ दशमलब २ प्रतिशतमा रोगको प्रकोप देखिएपछि थप दुईवर्ष सेवन कार्यक्रम सन्चालन भएको थियो । थप दुईवर्षपछि गरिएको परिक्षणले भने १ प्रतिशतभन्दा कम देखाएकाले अन्तिम पटक थप १ वर्ष औषधि सेवन कार्यक्रम राखिएको बताइएको छ । ३ लाख ४५ हजार ७ सय ८८ उदयपुरको जनसंख्या मध्ये ३ लाख ७ हजार, ७ सय ५२ जना जनसंख्या लक्षित गरिएको छ । जसका लागि ३ सय १५ स्वास्थ्यकर्मी, १ हजार ८ सय ८१ स्वस्थ्य स्वयम्सेवकहरु परिचालित हुने जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *