उदयपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

उदयपुर । शहीद दिवसको अवसर परेर उदयपुरलाई मंगलबारदेखि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीयतहका जन्मेदेखिको १ बर्षभित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाउनुका साथै अव जन्मने बाबालिकालाई पनि खोप लगाईने सुनिश्चिततासहित घोषणा गरिएको हो ।

एक नम्बर प्रदेश प्रमुख डा. गोविन्द तम्बाहाङले एक कार्यक्रम बिच जिल्लाका ७ हजार ८ सय ८९ बालबालिकाले विभिन्न रोग विरुद्धको सबैकिसिमका खोप पुरा गरेको भन्दै जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरेका थिए । देश रक्षार्थ सहादत् प्राप्त बीर शहीदहरुको सम्मान र स्मरण गर्दै आयोजना गरिएको पूर्णखोप सुनिचितता जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश प्रमुख तम्बाहाङले जिल्लालाई पूर्णखोप सुनिश्चिततामा योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

शहीदहरुको स्मरण गर्दै प्रमुख तम्बाहाङले शहीद दिवस जस्तो महान् दिनमा बालबालिकालाई पूर्णखोपबाट बञ्चित नगर्ने भनि गरिएको प्रतिबद्धताले विशेष महत्व राख्ने बताए । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले स्थानीयतहहरु र त्यसअन्तर्गतका वडाहरुको विशेष सहयोगमा सिंगो जिल्लानै घोषणा सम्भव भएको भन्दै प्रशंसा गरे । साथै राजनीतिक दल, सरकारी कार्यालयहरु, संघसंस्थाहरु, नागरिक समाज, सञ्चारजगत लगायतको उल्लेख्य सहयोग रहेको भन्दै धन्यवाद ज्ञापन समेत उनले गरे ।

घोषणासंगै उदयपुर प्रदेश नम्बर एकमा नवौं र देशको ३५ औं पूर्णखोप सुनिश्चितता जिल्ला घोषणामा पर्न सफल भएको छ । कार्यक्रममा प्रदेशसभाका सांसदहरु, स्वस्थ्य विभागका प्रतिनिधि, विभिन्न सरोकारवाला निकायमका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिनिधिमुलकरुपमा मन्तब्य राख्दै पूर्णखोपले बालबालिकाहरु भोलीका लागि स्वस्थ्य चेतनाका नागरिक बन्नसक्ने बताए ।
कार्यक्रममा सिरहा जिल्ला अस्पतालका प्रमुख डा. चुमनलाल दासलाई उदयपुर जिल्ला पूर्णखोप सुनिश्चितता तथा स्वास्थ्यक्षेत्रमा विशेष योगदान गरेवापत सम्मानीत गरिएको थियो ।

चारबर्षअघि उदयपुरमा पूर्णखोप अभियान सुरु हुदैगर्दा जिल्ला जनस्वस्थ्य तथा जिल्ला अस्पताल उदयपुरको प्रमुख रहेका डा. दासले उदयपुरको स्वस्थ्यक्षेत्रमा उल्लेख्य परिवर्तन तथा प्रशंसनीय कामहरु गरेका थिए । “स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ त्रियुगा उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका अतिथि तथा अभियानका सहयोगीहरुलाई प्रशंसापत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो । घोषणासभा हुनुअघि बृहद स्वस्थ्य र्यालीले नगर परिक्रमा गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *