ज्ञानेन्द्रद्धारा प्रहरी हिरासतका लागि टिभि प्रदान

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर हिरासतका लागि एक समाजसेवीले टिभि प्रदान गरेका छन् । प्रदान गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– ११ गाईघाटका ज्ञानेन्द्र वान्तवा रहेका छन् । उनले सोमबार एक कार्यक्रम बिच टिभि प्रदान गरेका थिए । विभिन्न घटना, लागूऔषध तथा अनुसन्धानमा लागि प्रहरी हिरासतमा रहेकाहरुलाई त्यतिकै समय व्यतित गर्नुभन्दा टेलिभिजनका कार्यक्रममार्फत सचेतना जगाउने उद्देश्यका साथ टिभि प्रदान गरेको वान्तवाले बताए ।

वान्तवाले टिभि मनोरञ्जनका लागि नभएर चेतनाका लागि प्रदान गरिएको बताए । हिरासतमा रहेको बेला टिभिका विभिन्न चेतनामुलक कार्यक्रम हेरेर सकारात्मक सोचको विकास गर्ने, नराम्रा वानी व्यवहार त्यागेर राम्रा बानीको विकास गर्ने अपेक्षा गरिएको उनको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको उपस्थितिमा समाजसेवी वान्तवाले जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टलाई टिभि प्रदान गरेका थिए । समयानुकुल प्रहरी÷प्रशासन मानवअधिकारमैत्रीका साथै बाटो विराएकाहरुलाई सकारात्मक बाटो र परिवर्तनतर्फ उन्मुख गराउने निकाय भएको प्रजिअ कँडेलले बताए । त्यसैगरि एसपी भट्टले समाजसेवी वान्तवाको सहयोगलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *