तीन पटक बहुमत ल्याएका कांग्रेस “ह्याट्रिक” फेलः ओली

उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई भाँडन नसकेपछि वम आतंक मच्याइएको आरोप लगाएकाछन् ।
केहिदिन यता उमेदवारलाई लक्षित गरी भईरहका सृखंलाबद्ध वम विस्फोटका घटना निर्वाचन विरोधी तत्वहरुले जसरी पनि निर्वाचन हुने भएपछि मतदातालाई त्रसित बनाउन मात्र खोजेको बताए ।

सयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति उदयपुरले शनिबार सदरमुकाम गाईघाटमा आयोजना गरेको वृहद चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वम पडकाउनुलाई पुतलीको खेलौना नठान्न आग्रह गरे । उनले वम पडकदैमा लटरम्म धान नफल्ने भएकाले हिंसाको राजनीति त्यागेर निर्वाचनलाई सहयोग गर्न अनुरोध गरे । वामतालमेल सम्बन्धी प्रंशगमा अध्यक्ष ओलीले देशलाई स्थिरता कायम राख्न वामतालमेल अहिलेको आबश्यकक्ता भएको बताए । kp
देशविकासका लागि स्थिर सरकार वर्तमान आबश्यक भएको बताँउदै उनले समृद्ध नेपाल निर्माणका लागि चुनावपछि पार्टी एकिकरण गर्ने गरी अहिले वामतालमेल गरिएको बताए । काँग्रेसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले दुई तिहाईको सरकार बनाउँदासमेत काँग्रेसले मुलुक समृद्धशाली बनाउन नसकेको आरोप लगाए । उनले लोकतन्त्रको नाममा काँग्रेसले लुटतन्त्र मच्याएको भन्दै लुटतन्त्रलाई रोक्न वामपन्थी एकता गर्छुभन्दा काँग्रेस अतालिएको बताए ।

काँग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाको शासन व्यवस्था प्रति लक्षित गर्दै अध्यक्ष ओलीले देउवा ‘पिता तुल्य महाराज धिराज’ भन्दै शासन सत्ता राजालाई बुझाउने व्यक्ति भएको बताए । पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले निर्वाचनपछि सामाजिक सुरक्षाभत्तालाई २ हजारबाट बढाएर ५ हजार पुर्याउने उदघोष गरे । ‘सेना, प्रहरी, कर्मचारीको २५ प्रतिशत तलव कसले बृद्धी गर्यो,’ प्रश्न गर्दै उनले भने, ‘अशक्त, असाहय, बुद्धबुद्धा, वेसहरालाई माया गर्ने वामपन्थी मात्र हो ।’kp
अध्यक्ष ओलीले वामपन्थीको सरकार आएलगत्तै उदयपुरको थरुहट रगंशालालाई क्षेत्रीय रंगशालाकोरुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे । उनले आफु नेतृत्वमा छदै चतरा–गाईघाट–हेटौडाको ४ लेनको सडकको काम १८ अर्व निकासा भई सुरुवात भएको बताए ।
त्यसैगरी अमेरिकाको ५ खर्व सहयोगमा पुर्वपश्चिम ६ लेनको सडकको काम सुरुवात भएको बताए । ओलीले उदयपुरको प्रमुख समस्या रहेको त्रियुगा नदी नियन्त्रणका लागि गुरुयोजनाअनुसार काम अगाडी बढाईने बताए ।

कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकार वद्री पंगेनी र अन्य कलाकारहरुले आप्mना प्रस्तुतीसँगै माहोल तताएका थिए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडा, माओबादी केन्द्रका पोलिटव्युरो सदस्य मोहन खत्री, एमाले केन्द्रीय सदस्य वलदेव चौधरी, वामपन्थी उमेदवार मन्जुकुमारी चौधरी, विमल कार्की, रामबहादुर मगर र नारायण बुर्जामगरले बोलेका थिए ।
सोही अवसरमा संघिय समाजबादी फोरमका जिल्ला सहसचिब किशोर ताम्रकार, राप्रपाका जिल्ला तहका नेता किरण पाण्डे लगायतका कार्यकर्ताहरु पार्टी परित्याग गरी प्रवेश गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *