उदयपुर । घुस नहुँदा काम नगरेर सेवा ग्राहिलाई दुख दिने उदयपुरको एक ईन्जिनियरको पर्दाफास भएको छ । जिल्लाको त्रियुगा नगरपालिका गाईघाटमा कार्यरत ईन्जिनियर निर्मल चौधरी (विश्वास)को पर्दाफास भएको हो । उनले आफ्नो फाँटमा आएको सेवाग्राहिलाई बिभिन्न बहाना देखाएर दुख दिएको एक सेवाग्राहि अर्जुन राउतले बताए ।
उनका अनुसार आफैले रुजु गर्दै आएको फायलमा आफैले केरमेट गरेर सेवाग्राहीलाई दुख दिने गरेको छ । ईन्जिनियर चौधरीले पक्रिया पुगेका फायलसमेत अन्तिम अवस्थामा सेवाग्राहीलाई थर्काउदै काम अड्काउने गरेको सेवाग्राहीहरु बताउँछन् ।
उनिहरुको अनुसार घुमाउरो पारामा घुस माग्दै प्रक्रिया पुगेको फायलमा आफैले केरमेट गरेर सेवाग्राहीलाई दुख दिने गरेको छ । ईन्जिनियर चौधरीले फाँटमा पुगेको सेवाग्राहीहरुलाई बिगतका समयमा पनि यसरी नै दुख दिदै आएको सेवाग्राहीहरुको गुनासो छ ।
Facebook Comments