एम्बुसमा परी उदयपुरमा कांग्रेस उम्मेदवार सहित ४ गम्भीर घाईते (फोटो फिचर सहित)

गंगा राई
उदयपुर, १३ मंसिर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार नारायण कार्की बम विष्फोटमा परी गम्भीर घाईते भएका छन् । चुनावी प्रचार अभियानको क्रममा कटारीदेखि नेपालटारतर्फ जाने क्रममा उदयपुरगढी गाउँपालिका ६, दनुवारबेंसीमा बुधबार विहान ९ः३० वजे शक्तिशाली कुकरबम एम्बुस विष्फोटमा परी कार्कीसहित ४ जना घाईते भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रत्यक्षदर्शी स्थानीय गंगाकुमारी राईका अनुसार कार्कीसहित कार्यकर्ता चढेको बा १५ च ७८०९ नम्बरको बोलेरो फोरह्विल गाडी एम्बुसमा पर्दा कार्कीको वाँया खुट्टा र गालामा गम्भीर चोट लागेको छ । त्यस्तै उम्मेदवार कार्कीसहित नेविसंघ नेतृ मीरा कटुवाल, चालक राजन कार्की र कार्यकर्ता धनमाया धौलाकोटी घाईते भएको बताए । उनीहरुलाई पार्टी कार्यकर्ता र स्थानीयको सहयोगमा स्थानीइ स्वास्थ्य चौकीमा प्रथामिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्फोटमा परी उम्मेदवार कार्कीसहित ४ घाईते भएको तर, यकिन विवरण आईनसकेको जनाएको छ । एसपी नवराज भट्टले घट्नास्थलतर्फ सुरक्षा टोली गएपनि सञ्चार सम्पर्क सहज नहुँदा सबै विवरण आउन बाँकी रहेको बताए ।
अघिल्लो दिन दिउँसो कांग्रेसकै १ नम्बर क्षेत्रका उम्मेदवार डा. नारायण खड्का र प्रदेशसभातर्फ १ (२) का उम्मेदवार हिमाल कार्कीको कार्यक्रमस्थल त्रियुगा नगरपालिका १० मा विष्फोट भएको थियो । त्यसअघि मंगलबार विहान पनि प्रदेशसभा उम्मेदवार कार्कीको त्रिनपा ७ चुहाडेस्थित घरमा विष्फोट भएको थियो । दुवै विष्फोटबाट मानविय क्षेति भने भएको थिएन ।

4 5 632

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *