बाम गठबन्धनलाई भोट माग्दै काँग्रेस जिल्ला सचिव रामकुमार राई

उदयपुर- नेपाली काँग्रेस उदयपुरका जिल्ला सचिव रामकुमार राईले बाम गठबन्धनलाई भोट दिन आग्रह गरेका छन् । जिल्लामा प्रभावशाली काँग्रेस नेता तथा कटारी गाविसमा काँग्रेसबाटै गाविस अध्यक्ष जितेका राईले अहिलेको निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्वार बामगठबन्धनका माओवादी केन्द्र शुरेस कुमार राई हिमाल र प्रदेश सभा उदयपुरको ख का एमाले उमेद्वार कला घलेलाई भोट दिन सबैलाई आग्रह गरेका छन् ।

बाम गठबन्धनको संयुक्त रुपमा हुने सभामा काँग्रेस त्याग गरेको घोषणा गर्ने बताउँदै उनले आफुलाई काँग्रेसका केहि सिमित व्यक्तिले घेराबन्दीमा पारेको बताए । काँग्रेसमा ३ दशक राजनीति गरिसकेका लोकप्रिय जनप्रतिनिधि समेत रहेका राईले काँग्रेसका जिल्ला सभापति विदुर बस्नेत तथा केन्द्रिय सभापति शेरबहादुर देउवाको कार्वाहीले आफुलाई केहि नहुने बताए ।

आफुले बनाएका सबै काँग्रेसहरुलाई गठबन्धनमा भोट दिन आग्रह गर्दै क्षेत्र नम्बर २ का ५ जना काँग्रेसले पार्टीमा फुलबुट्टा भर्ने गरेकाले गठबन्धनलाई भोट दिन आग्रह गरे । ‘सम्पूर्ण पार्टीलाई ५ जनाले कब्जा गरेपछि घेराबन्दीमा परें त्यसैले अव गठबन्धनलाई भोट दिन आग्रह गर्छु ।’क्षेत्र नम्बर २ का काँग्रेसका हेरम्बबहादुर थापा , ज्ञानेन्द्रमानसिंह राउत , संञ्जिव थापा , नारायण कार्की लगायतका नेताहरुले केन्द्रमा दबाव दिएका कारण आफुले प्रतिनिधि तथा प्रदेश सभामा टिकट नदिएको समेत बताए ।

 गएको स्थानिय तहको निर्वाचनमा समेत कटारी नगरपालिकामा मेयरका रुपमा चर्चामा आएका राईले अन्तत टिकट पाएका थिएनन् । कटारीमा आदिवासी जनजाति सबै समुदायको साथ पाउने पक्का भएका राईले टिकट नपाएपछि ज्ञानेन्द्रमान सिंह राउतले टिकट पाएपनि मेयरमा पराजित भएका थिए । मेयरमा एमालेका ज्ञानेन्द्र श्रेष्ठले विजयी हासिल गरेपछि राईले सहयोग नगरेको आरोप केन्द्रमा लगाउँदै टिकट नदिएको राईको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *