उम्मेद्वारहरुले मनोनयन फिर्ता लिएसँगै उदयपुर “लालकिल्ला” बनाउने उद्घोष

गजेन्द्र राई
उदयपुर । आसन्न मंसिर २१ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचनमा उदयपुरलाई “लालकिल्ला” बनाउने बाम गठबन्धनले उद्घोष गरेको छ । लामो प्रयासपछि बाम गठबन्धनमा परेको ‘बागी’ उम्मेद्वारहरुले आप्mनो मनोनयन फिर्ता लिएपछि आईतवार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नेताहरुले जिल्लालाई लालकिल्ला बनाउने उद्घोष गरेका हुन् । सो निर्वाचनको लागि उदयपुरमा गठबन्धनभित्रका ६ जना नेता कार्यकर्ताले तालमेलविरुद्ध बागी उम्मेद्वारी दिएका थिए ।

नेकपा एमाले र माओबादी केन्द्र दुवै दलका जिल्ला पार्टी तथा केन्द्रीय तहसम्मको प्रयासबाट ६ जनै उम्मेद्वारले आईतबार मनोनयन फिर्ता लिएपछि चुनावी वातावरण सहज भएको भन्दै गठबन्धनले जिल्लालाई कम्युनिष्टमय बनाउने उद्घोष गरेको हो । गठबन्धनबाट उम्मेद्वार बनेका माओबादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई “हिमाल”को प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा एमाले पोलिट्व्युरो सस्य जगन्नाथ खतिवडाले मनोनयन फिर्ता लिएका छन् ।

त्यस्तै सोही क्षेत्रमा बागी उम्मेद्वारी दिएका माके जिल्ला संयोजक विनोद कटुवाल दिवसले पनि आप्mनो मनोनयन फिर्ता लिए । प्रदेसभातर्फ निर्वाचन क्षेत्र नम्बर २ (१) मा धिकारिक उम्मेद्वारी दर्ता गरेकी निवर्तमान सांसद भेषकुमारी राउत कोपिलालाई भने गठबन्धनले मनोनयन फिर्ता लिन लगाएको छ । पार्टी निर्णय अनुसार उनले मनोनयन फिर्ता लिएपछि उनीविरुद्ध बागी हालेका पार्टी जिल्ला सहइन्चार्ज नारायण बुर्जामगरको उम्मेद्वारीले आधिकारिकता पाएको छ । हसिया हथौडा चुनाव चिन्हबाट उम्मेद्वार बनेकी राउतको मनानयन फिर्ता गर्दै मगरलाई आधिकारिकता दिएपछि गठबन्धनको चुनाव चिन्ह सो प्रदेशमा भने के हुने भन्ने टुंगो लाग्न बाँकी छ ।

अर्का विद्रोही उम्मेद्वारी दिने निर्वाचन क्षेत्र नम्बर १ (१) का माके जिल्ला सहसंयोजक जीवन कार्की कुशलको पनि मनोनयन फिर्ता भएको छ । आधिकारिक उम्मेद्वार माकेकै रामबहादुर थापामगरविरुद्ध परेको मनोनयन कार्कीले पार्टी निर्देशनपछि फिर्ता लिएका हुन् । सोही क्षेत्रमा परेको अर्का बागी उम्मेद्वार मीनबहादुर ज्युठकुरीले पनि मनोनयन फिर्ता लिएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र १ (१) मा परेको एमाले जिल्ला सदस्य कुशलबाबु बस्नेतको उम्मेद्वारी पनि फिर्ता भएको छ । उनले गठबन्धनका आधिकारिक उम्मेद्वार एमाले जिल्ला उपाध्यक्ष बिमल कार्कीविरुद्ध बागी हालेका थिए ।

१६ गते गरिएको मनोनयन आईतबार दिउसो १ः०० बजे फिर्ता लिने अन्तिम समय तालिका निर्वाचन अधिकृतको कार्यालयले तोकेको थियो । आईतबार दिउसो पत्रकार सम्मेलन गरी बाम गठबन्धनले बागी परेका सबै मनोनयन फिर्ता भएको जानकारी दिएको छ । स्थानीय पाटीप्यालेसमा आयोजित पत्रकार सम्मेलनमा २ नम्बर प्रतिनिधिसभा उम्मेद्वार तथा माके स्थायी समिति सदस्य राईले गठबन्धनबीचमा रहेको सबै असन्तुष्टि समाप्त भएर विद्रोही उम्मेद्वारहरुले मनोनयन फिर्ता लिएको बताए । उनले स्थायी सरकार, आर्थिक समृद्धि, राष्ट्रियता र जनजीविकाका लागि बाम गठबन्धन गरिएको बताउँदै गठबन्धनबाट उठेका सबै उम्मेद आफुवारलाई विजयी गराउन नेता कार्यकर्तालाई आग्रह गर ।

त्यस्तै उनकै क्षेत्रमा मनोनयन गरेर फिर्ता लिएका एमाले पोलिट्व्युरो सदस्य खतिवडाले पार्टीको निर्देशन अनुसार मनोनयन गरेको र पार्टीकै निर्देशन अनुसार फिर्ता लिएर गठबन्धनका आधिकारिक उम्मेद्वारलाई अत्याधिक बहुमत ल्याएर जिताउने अभियानमा जुटेको बताए । उनले असली लोकतन्त्रबादी शक्ति बाम गठबन्धन भएको दावी गर्दै आफुहरुबाहेकका कुनै पनि शक्ति वास्तविक लोकतन्त्रबादी हुन नसक्ने बताए ।

यसैगरि एमाले जिल्ला अध्यक्ष इश्वरमणि राउत र माके संयोजक विनोद कटुवालले नेतृत्व र कार्यकर्ताबीचको सामान्य असमझदारीका कारण बागी उम्मेद्वारी परेको भए पनि लामो छलफल र सरसल्लाहपछि नेता कार्यकर्ताबीचको असमझदारी र असन्तुष्टिलाई समाप्त पारेर बागी उम्मेद्वारको मनोनयन फिर्ता गराइएको बताए । राउत र कटुवालले केन्द्रीय गठबन्धनले तोकेका आधिकारिक उम्मेद्वारलाई बहुमत ल्याएर जिताउन दुवै पार्टीका नेता कार्यकर्तालाई निर्देशन र आग्रह गरेका थिए । पत्रकार सम्मेलनमै एमाले र माकेको झण्डा साटासाट पनि गरिएको थियो । साथै प्रदेशसभा र प्रतिनिधिसभा दुवैमा समानुपातिकतर्पm बन्दसूचीमा परेका उम्मेद्वारहरुलाई पनि खादा र माला लगाईदिएर विजयीको शुभकामना दिइएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *