साउनेमा खुल्ला नृत्य प्रतियोगिता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । विजय दशमी तथा शुभ दिपावली २०७४ लाई विदाई गर्दै “जनशक्ति युवा समुह” साउनेको आयोजना सो नृत्य प्रतियोगिता हुन लागेको हो । आउँदो बुधवार अर्थात कात्र्तिक ८ गते हुने उक्त प्रतियोगिताको तयारी पुरा भईसकेको आयोजक समिति सदस्य बिष्णु राईले बताए ।

सदस्य राईको अनुसार खुल्ला रुपमा हुने नृत्य प्रतियोगिताका लागि सहभागि हुने आकंक्षिहरुले नाम दर्ता गराईरहेका छन् भने केहिले फोनबाटै नाम टिपाएका छन् । राष्ट्रिय कलाकारहरुको पनि विषेश प्रस्तुति रहने कार्यक्रममा जिल्लाका चार नगरपालिका, चार गाउँपालिका र खोटाङको केहि भूभागका कलाकारहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । वडाको साउने चोकमा हुने उक्त नृत्य कार्यक्रम दिनको एक बजेबाट सुरु हुने छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *