बलत्कारपछि उदयपुरमा तीन वर्षीय बालिकाको हत्या

गजेन्द्र राई
उदयपुर ५ कार्तिक । बलत्कारपछि तिन वर्षीय वालिकाको उदयपुरमा हत्या गरिएको छ । हत्या हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–५ दमौटीका ३ वर्षीय निरुता राई रहेकी छिन् । उनको शनिवार हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार बलत्कारपछि हत्या गरिएको बालिकाको शब घरनजिकै रहेको तोरीबारीमा झुण्ड्याएको थियो ।

सो घटनामा संलग्न रहेको आशंकामा आईतवार प्रहरीले एक युवा पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय शङ्कर राई रहेको छ । शङ्करले घटना भएको केही समय अघि मृतक बालिकालाई खेलाई रहेको थियो । घरमै खेलाई रहेको बालिका हराएपछि बालिकाको खोजतलास भएको स्थानीय देबकुमार राईले बताए ।

राईका अनुसार खोजतलास गर्ने क्रममा बालिका झुण्डिएको अवस्थामा भेटिएको थिए भने शङ्कर मृतक बालिकाको घरमा सुतिरहेको अवस्थामा भेटिएको थियो । हाल मृतक बालिकाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल बोक्सेमा राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *