प्रदेश र प्रतिनिधिसभातर्फको समानुपातिक बन्द सूचि पेश गर्न आयोगको आह्वान

काठमाडौं–निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका हुन् ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि आगामी असोज २९ गते पेश गर्नुपर्नेछ ।
सोही सम्बन्धमा जानकारी दिन शनिवार काठमाडौंमा आयोजित समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् ।
त्यस अवसरमा उनले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पीछडिएका क्षेत्रको तोकिएको प्रतिशत अनुसार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि पेश गर्नुपर्ने कानुनी व्यवस्थाबारे पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।
राजनीतिक दलहरुले समानुपातिक तर्फको निर्वाचनका लागि प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जना उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उलंघन गरे उम्मेदवारीनै रद्द गर्ने चेतावनी पनि दिए । उनले उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उलंघन गरे सम्बन्धित दलका नेतृत्वलाई नै स्पष्टिकरण लिने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।
आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि राजनीतिक दलहरुलाई पुनः सचेत गराए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *