रहिनन् खोटाङकी परिवर्तनगामी सोचकी कलाकार दिपा

खोटाङ  । परिवर्तनगामी सोच बोकेकी खोटाङकी कलाकार दिपा राईको असामयिक निधन भएको छ । निमोनिया र जन्डिसबाट प्रभावित रुपाकोट मझुवागढी नगरपालिका वडा १३ नुनथलाकी दिपाको २१/२२ वर्षको अल्पआयुमै निधन भएको हो । दिपा नियोनिया, जन्डिस तथा मुटुको समस्यासँग लड्दै आएकी थिइन् । यसअघि उनी हस्पिटल भर्ना भएर पनि उपचारपछि डिस्चार्ज भएकी थिइन् । तर, घरमा नै रहेका बेला उनकाे स्वास्थ्यमा असामान्य अवस्था अाएपछि राती उनले एक्कासी आमालाई बोलाएको र त्यतिपछि उनको नाक र मुखबाट ब्लेडिङ भएको थियाे । तत्काल हस्पिटल पुर्याएपनि उनको निधन भएको एक छिमेकीले बताए । नेकपा माओवादी केन्द्र निकट रहेकी उनको सोमबार साँझ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा पार्टीको झण्डा ओढाइएको थियो ।kalakar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *