उदयपुरमा यात्रुको चाप बढ्दो (फोटो फिचर सहित)

गजेन्द्र राई
उदयपुर, १० असोज । नजिकिदै गरेको बिजया दशमीको पूर्वसन्ध्यामा उदयपुरको सदरमुकाम गाईघाटमा यात्रुहरुको चाप ह्वात्तै बढेको छ । बिभिन्न काम बिषेशले जिल्ला बाहिर रहेका जिल्लावासी र गाईघाट हुदै खोटाङ जाने यात्रुहरुको लर्को लागेसंगै यात्रुको चाप बढेको हो । अहिले पहाडी भेगकोे भरपर्दो बाटो नहुदा सो भेगमा चल्ने यात्रुबहाक गाडीसमेत कम भएको कारण धेरैजसो यात्रुहरु पैदल हिड्न बाध्य भएकाछन् । बिषेशगरि जिल्लाको सदरमुकाम गाईघाटबाट साउने, रानीबास र आँपटार हुदै रसुवा जानेबाटो र रानीबासबाट डहर र चिसापानी हुदै सल्ले जानेबाटो बर्षाद्ले बिगारेपछि यस्तो समस्या आएको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ । संघको अनुसार हाल उक्तबाटो हुदै चल्ने गाडीको संख्या ३५ वटा रहेको छ ।

1 2 3 4 5 6 7 8 9 10

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *