‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु

उदयपुर, ७ असोज । ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुक्रबारबाट उदयपुरमा सुरु भएको छ । शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन भन्ने मुलनाराकासाथ शुक्रबार सदरमुकाम गाईघाटमा प्रभातफेरीको आयोजना गरी यो अभियान प्रारम्भ गरिएको हो ।

नागरिक र प्रहरीविचको सम्बन्धलाई अझ सुमधुर बनाउन र समाजमा हुने सबैखाले आपराधिक घटनालाई न्युनिकरण गर्न गृह मन्त्रालयले देशभरका प्रहरी प्रशासनमार्फत यो अभियान सञ्चालन गरेको हो । अभियानअन्र्तगत प्रहरी टोल–टोलमा पुग्ने र त्यहाँका समस्याका बारेमा जानकारी लिई स्थानीय स्तरमा हुने महिला हिंसाका घटना, आपराधिक घटनालाई न्युनिकरण गर्न मुख्य भुमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए ।

व्यारेकमा रहेको प्रहरीलाई समाजले हेर्ने दृष्टिकोणमा अझै पूर्णरुपले परिवर्तन आईनसकेको र जनताले प्रहरी हाम्रो साथी हो भन्ने अपनत्व लिई नसेकाले जनतासँगको सम्बन्धलाई स्थापित गराउन अभियानले मद्धत पुग्ने प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालले नागरिकको चेतनाको विकास गर्न अभियानले सहयोग पुग्ने बताए ।

उनले समाजमा मौलाउँदै गएको आपराधिक घटना न्युनिकरण, समुन्नत समाज निर्माण, आर्थिक समृद्धीका पाईलाहरु अघि सार्न यो अभियानले मद्धत मिल्ने बताए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका सहइन्र्चाज नारायण बुर्जामगर, गैरसरकारी संस्था महासंघका अध्यक्ष महेश्वरी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले बोलेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *