उदयपुरमा मृत हात्ती भेटियो

उदयपुर, ७ असोज । उदयपुरको बेलका नगरपालिका–८ नूनचट्टा स्थित एक जंगली वस्यक हात्ती मृत अवस्थामा फेला परेको छ ।
उदयपुर र सुनसरीको बिचमा रहेको कोसी टप्पु वन्यजन्तु आरक्षणको सिमाना पर्ने माछापुच्छ्रे सामुदायिक वन उपभोक्ता समूहको नूनचट्टामा शुक्रबार साँझ हात्ती मृत भेटिएको इलाक प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ ।

मृत हात्तिको दाँत(दारा) काटेर लगेको अवस्थामा टिएको जिल्ला वन अधिृकत विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार हात्ती मारिएको हो वा मरेको हो पोष्टर्माटपछिमात्रै जानकारी हुने छ । तर प्रारम्भिक अध्यानमा हात्ती चोरी तस्करीमा संलग्न समूहले मारेको हुन सक्ने अनुमान गरिएको वन अधिकृत भण्डारीले बताए ।

स्थानीयवासी जंगल जानेक्रममा फेला परेको मृत हात्तीको पुच्छर र दारा नभएको स्थानीयले बताए । स्थानीय आकृति राईका अनुसार हात्तीको पुच्छर र दारा छैन । पुच्छर र दारा निकालिएकोले तस्करको समूहले हात्ती मारिएको आशंका स्थानीयले गरेका छन् । हात्ती मारिएको घटना यो अहिलेसम्मकै पहिलो घटना हो । हात्ती कोशी टप्प वन्य जन्तु आरक्ष क्षेत्र आसपास बस्दै आएको थियो । हात्तीको आक्रमणबाट दुई यता दुई जनाको मृत्यु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *