एक लाख क्षेतिपुर्ती दिने सहमतिपछि शव उट्यो

उदयपुर– एक लाख क्षतिपुर्ति दिने सहमति पछि उदयपुरमा एक गर्भवति महिलाको शव उठ्को छ । जिल्ला अस्पताल उदयपुरमा प्रसुतिको क्रममा महिलाको मृत्यु भएको थियो । मृत्युपछि आक्रोसित आफन्त र अस्पताल बिच भएको छलफल पछि अस्पतालले मृतक पक्षलाई एक लाख क्षेतिपुर्ति दिने सहमति पछि मंगलवार शब आफन्तले बुझेको हो । सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याएका जिल्लाको चौदण्डी नगरपालिका –९ भीमा दनुवारबस्तीका ३८ बर्षिया रामकुमारी दनुवारको प्रसुती गराउने क्रममा उनको सोमबार मृत्यु भएको थियो । उनको शब दुई दिन पछि आफन्तले बुझेका छन् । मृतक दनुवारको वालबच्चाको अवस्थालाई मध्यजनर गरि पालन पोषण, शिक्षा दिक्षामा सहयोग गर्ने उदेश्यले तत्काल १ लाखका कोष खडा गर्ने र ५ दिन भित्र उक्त फण्डमा थप सहयोग रकम संकलन गर्दै जाने सहमतिपछि आफन्तले शव बुझेको श्रीमान गंगाबहादुर दनुवारले बताए । दनुवारका अनुसार बच्चाको नाममा खाता खेल्ने सहमती भएको छ । रकम संकलन समितिमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासन अधिकृत कुमार खड्का, एकजना कोष तथा नियन्त्रक कार्यालयका पदाधिकारी र स्थानीय सुजना दनुवार रहने छ । मृतक दनुवारको ३ छोरीहरु रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *