त्रियुगाको आब २०७४/७५ को बजेट ८१ कराेड ११ लाखभन्दा माथि

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाको निति तथा नगर सभा सम्पन्न भएको छ । मंगलवार सम्पन्न सभाले आर्थिक वर्ष ०७४÷७५ का निम्ति ८१ करोड ११ लाख ७६ हजार २ सय १३ रुपैयाको बिनियोजन विधेक प्रस्तुत गरेको थियो । जसमा चालु तर्फ ३४ करोड ७२ लाख ५ हजार र पूजिगत तर्फ ४६ करोड ३९ लाख ७१ हजार २ सय १३ रुपैया रहेको छ ।

कुल बजेटको चालु तर्फ ४२.८० प्रतिशत र पूँजिगत तर्फ ५७.२० प्रतिशत रहेको छ । चालु खर्चमा नेपाल सरकारबाट वित्तिय समानीकरणको लागि सशर्त अनुदान (कृषी, पशू सेवा, शिक्षा, स्वास्थ्य ) तर्फको २४ करोड ६६ लाख र सामाजिक सुरक्षातर्फको ७ करोड ५० लाख समेत समावेश गरिएको छ । यसरी हेर्दा त्रियुगा नगर कार्यपालिकाको कार्यालय तर्फको चालु खर्च १० करोड ०६ लाख रहेको छ जुन कुल चालु खर्चको २८.९७ प्रतिशत र कुल बजेटको १२.४० प्रतिशत हुन आउँछ ।

नगर सभाबाट प्रस्तुत गरिएको निति तथा कार्यक्रममा शिक्षा तथा खेलकुद तर्फ सामुदायिक विद्यालयहरुमा आधारभूत तह सम्म मातृभाषामा शिक्षा प्रदान गरिने प्रत्येक वडामा एउटा खेल मैदान निर्माण गरिने, नगर क्षेत्रमा प्राविधिक शिक्षाका लागि मेडिकल कलेज, कृषि, भेटनरी, स्टाफ नर्स, जे.टि.ए. भेटनरी जे.टि.ए. जस्ता क्षेत्रमा लगानी गरिने छ ।

त्यसैगरी स्वास्थ्य तर्फ प्राथमिक तथा आधारभूत स्वास्थ्यलाई ब्यवस्थित गरिने, जसका निम्ति प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरिने, सबै नागरिकलाई स्वास्थ्य बिना गराउने, नगर स्तरीय अस्पताल चौबिसै घण्टा आकास्मिक सेवा दिने ब्यवस्था सहितको आधुनिक अस्पताल निर्माण गरिने बताए । कृषि वन र पशुपालनको क्षेत्रमा भू– उपयोग निति अबलम्बन गरिने पशुपालनको क्षेत्र निर्धारण गरि बर्गिकरण गरेर त्यसको प्रबद्र्धन तथा बजारिकराण्को निम्ति ब्यवस्था मिलाउने जानकारी दिए ।

नगरपालिकाले विपद ब्यवस्थापनका निम्ति राहत कोष, पूर्व विपद सञ्चालन र ब्यवस्थापन कोष सञ्चालनमा ल्याउने जानकारी दिए । त्यसैगरी खानेपानी तथा सिंचाईको ब्यवस्थापनमा एक घर एक धाराको अबधारण लागु गर्ने, पानीको श्रोतहरुको संरक्षण तथा संबर्धन गरिने प्रत्येक वडामा एउटा पानी संकलन केन्द्र र वितरण केन्द्र स्थापना गरिने, सर्बसाधारण प्रयोग गर्दा आएको खानेपानी टयूवेलबाट आउने पानी स्वच्छ भए नभएको चेक जाँच गरि खान योग्य नभए वा आईरन आर्से्निक लगायतको रासानिक पदार्थको परिक्षण गरि पानी पिउन योग्य नभए त्यस्ता पानीका श्रोतहरु बन्द गरि बैकल्पिक खानेपानीको श्रोतहरु ब्यवस्थापन गरिने ।

त्यसैगरी बातावरण र फोहोर ब्यवस्थापनमा नगरपालिकालाई ग्रिन सिटीको रुपमा बिकास गर्ने, नगर भित्र बायु प्रदुषण गर्ने पुराना सवारी साधान हटाउने, ध्वनी न्यूनिकरण सम्बन्धि कानुन बनाई प्रभावकारी कार्यान्वयन गरिने, नगरबाट उत्पादन हुने फोहोरलाई बर्गिकरण गरि ब्यवस्थापन गरिने, जसमा त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रको राजदेवी सामुदायिक वन क्षेत्रमा बहु उदेश्य फोहोर ब्यवस्थापन गर्ने निति लिएको उल्लेख गरेका छन ।

त्यसैगरी घर नक्शा पास गर्दा भवन आचारसंहितालाई कडाईका साथ लागु गरिने, नगरपालिकाले तीन वर्ष भित्रमा नगरपालिकालाई पूर्ण सरसफाई युक्त नगरपालिका बनाईने, नगर क्षेत्रमा घर पालुवा गाई बस्तु छोड्ने कार्यलाई दण्डनीय बनाउने ब्यवस्था गरिएको छ । पर्यटन प्रर्बद्धनमा नगरको पहाडी क्षेत्रहरुमा पर्ने सुनकोशीमा ¥याफिटङ्ग, प्याराग्ल्याईडिङ्ग, जस्ता साहसिक पर्यटकीय क्षेत्रको अबधारण लागु गरिने, नगरबासीहरुको साझा पहिचान तथा संस्कृति झल्काउने खालको संग्रालय निर्माण गरिने, उदयपुर निर्माताहरुको सालिक निर्माण गरिने, आदिबासी जनजातिहरुको पहिचान झल्कीने संग्रालयको निर्माण गरिने, भुकम्पमा मृत्यु हुनेको नाममा स्मारक र मोर्डल अर्थक्वेक एक्जिबिसन हलको ब्यवस्था गर्ने, स्टोन स्टेडियम समेत निर्माण गरिने छ ।

त्यसैगरी शान्ति सुरक्षा तर्फ मुख्या मुख्या स्थान चोक र धार्मिक ऐतिहासिक स्थलहरुमा सि.सि.टि.भि. मार्फत निगरानी गरिने, नगर प्रहरीको ब्यवस्था गरिने, लागु औषध तथा दुब्र्यसनी र मादक पदार्थ सेवन नियन्त्रण गर्नको लागि विशेष कार्यक्रम लागु गरिने, शैक्षिक संघसंस्था तथा ऐतिहासिक, धार्मिक स्थलहरुको ५ सय मिटर आसपासमा मादक पदार्थ तथा सुर्तिजन्य पदार्थहरुको बिक्रि बितरणमा रोक लगाईने, १८ वर्ष भन्दा मुनिका बालबालिकालाई धुम्रपान र मदिरा सेवन तथा बिक्रि बितरणमा पूर्णतय निषेध गरि दण्डनीय बनाईने ब्यवस्था गरेको छ । मदिरा बिक्रि बितरण गर्न निश्चित समय र स्थानहरु तोकिने छ । त्यसैगरी भौतिक पूर्वाधार तर्फ एकिकृत निर्माणको ब्यवस्था गरिने, सहकारीले सदस्य केन्द्रित लगानी गर्नु पर्ने सहकारी बैकको स्थापना गरिने, नगरपालिकाले नगरको भू–उपयोग नक्शा निर्माण गरि लागु गरिने समेत रहेका छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *