भ्रष्टचार न्युनिकरणका लागि हस्ताक्षर

उदयपुर– मौलाउँदै गएको भ्रष्टचार न्युनिकरणका लागि उदयपुरका अधिकारकर्मीहरुले भदौ २३ गते हस्ताक्षर अभियान सञ्चालन गरेकाछन् । ‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै सदाचार प्रति प्रतिवद्ध रहनेछु’ भन्ने मुलनाराकासाथ इन्सेक उदयपुर र मानव अधिकार निगरानी समुहले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।

भ्रष्टचारविरुद्ध शुन्य सहनशिलता कायम राखौँ श्लोगनसहितको हस्ताक्षर गरिएको व्यानर निगरानी समुहका अध्यक्ष हिमाल खड्काको नेतृत्वमा गएको टोलीले त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई बुझाएका थिए । अधिकारकर्मीहरुले व्याप्त भ्रष्टचारले मुलुक अगाडी बढ्न नसकेको र विकास निर्माणका कामहरु अवरुद्ध भएकोभन्दै न्युनिकरणका लागि मेयरलाई आग्रह गरेका थिए ।

त्यसक्रममा मेयर चौधरीले जनप्रतिनिधिको अभावमा व्याप्त भ्रष्टचार बढेको बताउँदै आगामी दिनमा नगर क्षेत्रमा भ्रष्टचारको गन्धपनि आउन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले विधीको शासन स्थापित नहुँदा भ्रष्टचार मौलाएको भन्दै बिधी विधान तयार गरी न्युनिकरणमा जोड दिईने बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *