बिप्लवको तिन कार्यकर्ता उदयपुरमा पक्राउ

गजेन्द्र राई
उदयपुर, २१ भदौ – नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका तिन कार्यकर्ता उदयपुरमा पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी सहित तिन कार्यकर्ताहरुलाई बुधवार बिहान पक्राउ गरेको हो । उनिहरुलाई सदरमुकाम गाईघाटबाट पार्टी सेक्रेटरी सन्तोष सुबेदी, जिल्ला सदस्य तथा कार्यालय सचिव सुरेन्द्र थापा र पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उदयपुर अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गा तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सम्पर्क कार्यालयबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगेर राखेको पार्टीले जनाएको छ । पार्टी जिल्ला इन्चार्ज केदार राईले पार्टी सेक्रेटरी, कार्यालय सचिव र विद्यार्थी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यलाई पार्टी कार्यालयबाटै पक्राउ गरेर लगेको बताए । राईले पार्टीका नेता कार्यकर्तालाई विना कारण पक्राउ गरेको बताए । राईका अनुसार मंगलबार साँझ लाहान नगरपालिकाको मेयरका एमाले उम्मेद्वार मुन्नि साहको घरमा बम विस्फोट भएको घट्नालाई लिएर आप्mना नेता कार्यकर्तालाई पक्राउ गरेको हुनसक्ने उनले बताए । असोज २ गते हुन गईरहेको आसन्न तेस्रो चरणको २ नम्बर प्रदेशको चुनाव हुन लागेको सप्तरी र सिराहाको विषयलाई लिएर उदयपुरमा पक्राउ गर्नु दुखद भएको राईले बताए ।

जिल्ला प्रहरी कार्यालयले यस कुराको पुष्टि गरेको छ । सीमाना जोडिएका सप्तरी र सिराहामा चुनाव हुन लागेकाले त्यहाँको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुगोस् भनेर नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको उदयपुर प्रहरीले जनाएको छ । सीमाना जोडिएका जिल्लाको चुनावलाई ध्यानमा राखेर माथिको आदेश अनुसार उनीहरुलाई शान्तिपूर्ण नियन्त्रणमा लिएर राखिएको प्रहरी भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *