उदयपुरमा खुल्ला रक्तदान

उदयपुर, १९ भदौ । ‘रेडक्रस ः सबै ठाउँमा, सबैका लागि, के तपाईलाई थाहा छ ?’ भन्ने मुलनाराकासाथ नेपाल रेडक्रस सोसाइटी उदयपुरले सोमबार ५५ औँ स्थापना दिवस मनाएको छ । सो अवसरमा संस्थाले रगतको अभावमा विरामीले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले खुल्ला रक्तदान र जिल्ला अस्पतालमा रहेका २४ जना विरामीलाई फलफूल वितरण गरेको छ ।

रक्तसञ्चार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा २८ जना पुरुष र २ जना महिला गरी जम्मा ३० जनाले रगत दान गरेको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । कार्यक्रममा अध्यक्ष बस्नेतले नेपाल रेडक्रस सोसाईटीको मातहतमा रहेको रक्तसञ्चार केन्द्रलाई आर्थिक अभावकारण नियमित सञ्चालनका लागि गार्हो भएको बताए । उनले सेवाको भावनाले काम गर्दा केन्द्र सञ्चालनमा लाग्ने खर्च धान्नसमेत मुस्किल परेकाले सबै क्षेत्रको साथसहयोगको अपेक्षा राखेका थिए ।

आर्थिक अभावकैकारण १ जना कर्मचारीलाई त्यो पनि न्युन सेवासुबिधा दिएर सञ्चालनमा ल्याउनु परेको दुखेसो पोखे । उनले सञ्चार केन्द्र स्थापना यता जिल्ला अस्पतालका ६५ जना विरामीलाई रगत उपलब्ध गराएको त्यसमा पनि ८० प्रतिशत सुत्केरी महिलाले सेवा पाएको बताए । सोअवसरमा बोल्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका उपमेयर देवीकुमारी चौधरीले मानविय सेवाका हिसावले संस्थाले विपत्त र रगतको अभावमा मृत्युको सैयाबाट जीवनदानका लागि गरेको कामको प्रंशसा गरिन् ।

उनले रक्तसञ्चार केन्द्र जिल्ला मात्र नभई वाहिरी जिल्लाका लागिसमेत सेवा गर्ने संस्था भएकाले यसको सहयोगकालागि आफु प्रतिवद्ध रहेको बताईन । चौधरीले आगामी नगर परिषदमा यस बिषयमा कुरा उठाउने बताईन । कार्यक्रममा रणसार्दुल गण बोक्सेका प्रमुख राजेन्द्र पन्त, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर पन्त, त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडाका अध्यक्ष बिरेन्द्र बस्नेत, गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सृजना दनुवार, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले बोलेका थिए । रेडक्रस नेपाल लगायतका १ सय ९८ मुलुकमा कार्यरत छ । रेडक्रस विश्वमा १ सय ४ बर्ष पुरा गरी १ सय ५ बर्षमा प्रवेश गरेको छ भने नेपालमा ५४ बर्ष पुरा गरी सोमबारदेखि ५५ औँ बर्षमा प्रवेश गरेको छ ।
blo

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *