गजेन्द्र राई
उदयपुर, ३० साउन । सोमबार बसेको बिपद् व्यवस्थापन समिति उदयपुरको बैठकले बर्षाले क्षेति पु¥याएको क्षेत्रहरुमा उद्धारका लागि आठ ओटा प्रस्ताबमा निर्णय गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तथा बिपद् व्यवस्थापन समितिको अध्यक्ष प्रकाशजङ्ग कार्कीको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताब माथि निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरमा बिभिन्न सरकारवालाहरुसंग बसेको बैठकले निर्णय नम्बर एकमा, अबिरल बर्षाको कारण जिल्लाको बिभिन्न क्षेत्रमा व्यापक रुपमा कृषि योग्य जमिन कटान र वस्तिहरु डुवान गरेकाले सो रोकथामको लागि तारजाली खरिद गर्न बजेट व्यवस्थाको लागि केन्द्रिय दैवी प्रकोप उद्धार समितिमा अनुरोध गर्ने रहेको छ । त्यसैगरि निर्णय नम्बर दुईमा, केन्द्रिय प्रकोप उद्धार समितिको गत २८ र २९ गतेको बैठकको निर्णय बारे जानकारी भएको र सो निर्णय अनुसार सबै सरोकारवाला निकायबाट कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
यसैगरि निर्णय नम्बर तिनमा, बिपद्को क्षेत्रमा काम गर्ने जिल्लाको बिषयगत क्षेत्रको समन्वयात्मक बैठक आउँदो ३१ गते बस्ने निर्णय गरिएको छ ।
निर्णय नम्बर चारमा, बाढी पहिरो प्रकोप नियन्त्रणको लागि जिल्ला समन्वय समितिबाट प्राप्त भएको बोरालाई प्रभाबित क्षेत्रमा बितरण गरिने भएको छ ।
निर्णय नम्बर पाँचमा, जिल्लामा प्रकोपको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले आफुले गरेको कार्यहरुको प्रगति प्रतिबेदन नियमिति रुपमा जिल्ला बिपद् व्यवस्थापन समितिमा पेश गर्ने निर्णय गरिएको छ ।
निर्णय नम्बर छ मा, सबै स्थानीय तहहरुले आफ्नो नगरपालिका वा गाउँपालिको स्थानीय बिपद् व्यवस्थापन समितिलाई क्रियाशिल गराउने भएको छ ।
निर्णय नम्बर सातमा स्थानीय तह कार्यान्वयन भएसंगै जिल्लाका बिषयगत कार्यालयहरुमा प्राप्त हुने बजेट स्थानीय तहमा गएको अवस्थामा बिपद्को लागि स्थानीय तहबाटै तर्जुमागरि कार्यान्वयन गर्न स्थानीय तहहरुलाई अनुरोग गरिने भएको छ ।
त्यसैगरि निर्णय नम्बर आठमा जिल्लामा हालसम्म भएको क्षतिको सम्बन्धमा छलफल समेत गरिएको छ । जसमा जिल्लामा हालसम्म २ जनाको मृत्यु भएको र जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १, २, ३ र १३, बेलका नगरपालिको १, २, ३,८ र ९, चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ७ र ८ र कटारी नगरपालिकाको वडा नम्बर १, २, ५ र ७ को खैजनपुरमा बबिया खोलाको बाध फुटेको र बेलकाको वडा नम्बर १ र २ मा करिब ६० घर परिवार डुवानमा परेको प्रारम्भिक जानकारी प्राप्त भएको र बिस्तृत बिवरण आउन बाँकी रहेको सम्बन्धि जानकारी भएको बैठक पुस्तिकामा उल्लेख छ । बैठकमा भएको उक्त निर्णय तत्कालै गृह मन्त्रालयलाई जानकारी गराईने अध्यक्ष कार्कीले बताएका छन् ।