खोलाले बगाउँदा नाति बजुको मृत्यु

उदयपुर, ३० साउन । बर्षासंगै बढेको खोलाले बगाउँदा उदयपुरमा नाति बजुको ज्यान गएको छ । जिल्लाको रौंतामाई गाउँपालिका–६ स्थित स्थानीय घुल्मा खोलाले बगाउँदा सोमवार उनिहरुको ज्यान गएको हो । ज्यान जानेमा स्थानीय ५२ बर्षिय कर्णमाया मगर र एक आठ बर्षिय बालक रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बालक मृतक मगरको नाति रहेको छ । उनिहरुको खोला तर्ने क्रममा बगाउँदा ज्यान गएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *