प्रेस सेन्टरले गोविन्द आचार्यलाई पत्रकार महासंघको उम्मेदवार बनाउने

काठमाडौं– आगामी भदौ पहिलो साता हुने नेपाल पत्रकार महासंघको चुनावमा माओवादी केन्द्र निकट प्रेस सेन्टरले गोविन्द आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

सेन्टरको आज बसेको छनोट समितिले आचार्यलाई सर्वसम्मत केन्द्रीय अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । महासंघको महाधिबेसन आगामी भदौ ४–५ मा हुँदैछ ।

आचार्य महासंघका पुर्व उपसभापति, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष र प्रेस सेन्टरका पुर्व अध्यक्ष समेत हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *