पतिको हत्या आरोपमा एक महिला पक्राउ

लहान –  पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट मंगलबार पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ निवासी ५५ वर्षीय रामचरित्र ठाकुरको संलग्नता पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए।

घटना लगत्तैदेखि फरार दुवै जनालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका–७ हेमनारायण चोक नजिकैबाट पक्राउ गरेको हो । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *