चट्याङ लागेर उदयपुरमा एकको मृत्यु

उदयपुर, ४ साउन ।  बर्षासंगै परेको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ । उनको बुधवार बिहान चट्याङ लाग्दा मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको बेलाका नगरपालिका– ९ का २४ बर्षीय मेलिना गिरी रहेको छ ।

घरमै बसिहेको अवस्थामा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार चट्याङ लागेर घाईते भएको गिरीको स्थानीय स्वस्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो । अहिले मृतक गिरीको शब पोष्टमार्टमको लागि सुनसरीको धरान लगिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *