त्रियुगामा माओवादी केन्द्रको घर दैलो कार्यक्रम तिब्र

गजेन्द्र राई
उदयपुर, २४ जेठ ।  दोस्रो चरणको स्थानीय निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्रले उदयपुरको त्रियुगा नगरपालिकामा आफ्नो घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । जिल्लाको सदरमुकाममा रहेको सो नगरपालिकाको लागि मेयर र उप–मेयरको नाम टुंगो लागेसंगै अभियानलाई तिब्र पारिएको हो । kiranकेहिदिन अघि पार्टीको एक बैठकले मेयरमा किरण राई र उप–मेयरमा गिता खड्का कार्की “अजिता”को नाम उमेद्वारीमा टुंगो लागेसंगै उनीहरुले बुधवारदेखि अभियानलाई तिब्र पारेको हो । उनिहरुले नगरपालिकाको वडा नम्बर एक जोगिदहबाट आफ्नो घरदैलो अभियान कार्यक्रम सुरु गरेको छ । मेयर र उप–मेयरको उमेद्वार सहित ठूलो संख्यामा आफ्नो प्रचार–प्रशार सामाग्री लिएर उनिहरु अभियानमा संलग्न् रहेको छ । उनीहरुले वडाको सबै गाउँ र टोलटोलसम्म पुग्ने अभियान रहेको पार्टीका नगर अध्यक्ष बिमल किरातीले बताएका छन्् । उनका अनुसार नगरपालिकामा रहेको १६ वटै वडाको सबै गाउँ–टोलसम्म पुगेर घरदैलो गर्ने कार्यक्रम रहेको छ । अभियानमा पार्टीको जिल्ला स्तरिय नेतादेखि केन्द्रिय नेताहरुको पनि सहभागिता छ । उता अन्य दलहरुको भने चुनाबी अभियान कार्यक्रम माओवादीको भन्दा सुस्त गतिमा रहेको स्थानीयहरु बताउँछन् । बिशेषगरि नेपाली कांग्रेस र एमाले आन्तरिक द्धन्दमा फसेको कारण उनीहरुको अभियान तिब्र हुन नसकेको उनीहरुको बुझाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *