आर्थिक चलखेल बिच एमालेको टिकट बितरण, उदयपुरको कार्यकर्ता आक्रोसित

उदयपुर, ११ जेठ ।  आर्थिक चलखेको कारण मेयर र उपमेयर पदमा आफुहरुले सिफारिस गरेको भन्दा दोस्रो ब्यक्तिको नाम आएको भन्दै उदयपुरमा नेकपा एमालेका कार्यकर्ताहरु आक्रोसित भएका छन् । बिषेशगरि जिल्लाको त्रियुगा नगरपालिकाका लागि आफुहरुले सिफारिस गरेको भन्दा कतै नामै नसुनिएको दोस्रो ब्यक्तिको नाम आएको भन्दै त्यस क्षेत्रका कार्यकर्ताहरु आक्रोसित भएका हुन् ।
चार दिनदेखि सुनसरीको ईटहरीमा जारि पार्टीको एक नम्बर प्रदेश बैठकबाट नगर र जिल्लाबाट सिफारिसै नभएको नेता अनुकुल ब्यक्तिहरुको नाम अनुमोदन हुदै आएको बैठकमा सहभागि नेताहरु बताउँछन् । उनीहरुको अनुसार केन्दीय सदस्य समेत रहेका जिल्ला ईन्चार्ज बलदेब चौधरी र पार्टी अध्यक्ष ईश्वरमणी राउतको अनुकूलतामा मेयर उपमेयरहरुको नाम अनुमोदन हुदै आएको छ । अनुमोदन भने क–कसको नाम भए भन्ने बारे बताउँन चाहेन् । तर, लामो समयबाट सक्रिय सदस्य साथै मेयर र उपमेयरमा आकांक्षी उमेद्वारहरुलाई टिकट नदिएर, केन्दीय स्तरका नेताहरूले एक तर्फि जिल्ला ईन्चार्ज चौधरी र अध्यक्ष राउतको कुरा सुनेर टिकट बितरण भईरहेको उनीहरुको आरोप छ । लामो समयबाट सक्रिय सदस्य रहेर पार्टीको निम्ति निष्पक्षे काम गर्दै आएका नेताहरुको नाम नआए त्यसको बिरोधमा उत्त्रने एक जिल्ला कमिटि सदस्यले बताएका छन् । “उनका अनुसार ठूलो आर्थिक चलखेलको बिच टिकट बितरण भईरहेको छ । ब्यापक रूपमा आर्थिक चलखेल भएकोे भन्दै” उनले भने “अत्ति गरे कार्यकर्ता बिच भण्डाफोर गर्ने” समेत चेतावनी दिएका छन् । सो नगरपालिकामा पार्टीको तर्फबाट मेयरको उमेद्वारका लागि प्रकाश बस्नेत र भागवत राउतको नाम चर्चामा छ भने उपमेयर उमेद्वार को बन्ने ? भन्नेबारे महेश्वरी राई, सृजना दनुवार र सुनिता चौधरी बीच राम्रै प्रतिस्पर्धा देखिदै आएकोे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *