उदयपुरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान करिब ५ः३० बजे लिम्चुङबुङ गाउँपालिका वडा नं. १ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ कार्यालयतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

खहरे खोलाको उकालो तथा भिरालो कच्ची सडकमा ट्याक्टर फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित बनेको ट्याक्टर ब्याक सर्दै सडकबाट करिब ५० मिटर तल खोलामा खसेर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा लिम्चुङबुङ गाउँपालिका–१ निवासी ३२ वर्षीय चालक हिमाल राईको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टरमा सवार २७ वर्षीय सहचालक प्रदीप राई भने सकुशल रहेका छन् । घटनाबारे इलाका प्रहरी कार्यालय लिम्चुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box