पार्टी निर्णयविपरीत उम्मेदवारी दिने उदयपुरका मेजर राईसहित ७ जना नेता–कार्यकर्ता निष्कासित

उदयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी निर्णय निर्णयविपरीत उम्मेदवारी दिएको ठहर गर्दै उदयपुरका मेजर राईसहित ७ जना नेता–कार्यकर्तालाई पार्टीले निष्कासन गरेको छ । उनिहरुलाई केन्द्रीय कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा पार्टीले तोकेको आधिकारिक उम्मेदवारको विपक्षमा स्वतन्त्र उम्मेदवारी दिएपछि उनीहरूलाई अनुशासनात्मक कारबाही गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

कारबाही पार्टी विधानको दफा १०६ अनुसार गरिएको समेत विज्ञप्तीमा उल्लेख छ । कारबाही पर्नेमा राईसहित सिन्धुलीका हरिबोल गजुरेल, महेन्द्र दाहाल, दाङका कुलप्रसाद के.सी, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जीवछ साह रहेका छन् ।

उनिहरुलाई पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिने कार्यलाई संगठनमाथिको ठाडो चुनौती भन्दै यस्ता कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने समेत विज्ञप्तीमा प्रष्ट पारेको छ । विज्ञप्तीमा पार्टीले आधिकारिक उम्मेदवारको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी अनुशासन र निर्णयको अवज्ञा दोहोरिए थप कडा कदम चालिने चेतावनी पनि विज्ञप्तिमा समेटिएको छ । विज्ञप्तीमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रभण्ड र सहसंयोजक माधबकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तीः

Facebook Comments