लिम्चुङबुङबाट महिलामाथि बलात्कार आरोपमा एक मानिस पक्राउ

लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट प्रहरीले बलात्कार गर्न खोजेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेस्थित बुत्कु बस्ने ५८ वर्षीय ज्ञानबहादुर राई रहेका छन् ।

उनलाई एक स्थानीय महिलालाई जबरजस्ती गर्न खोजेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदरमान दोङले बताए । डीएसपी दोङका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको हो ।

उनलाई पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङले पक्राउ गरेको हो । पक्राउपछि अहिले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments