



उदयपुर । उदयपुरगढी गाउँपालिका–६ धपरका ४० वर्षीय तोप बहादुर सार्कीको खोलाले बगाउँदा ज्यान गएको छ ।
आईतबार साँझ करिब ५ बजे नेपालटार बजारबाट घर फर्कने क्रममा बैजनाथ खोला तर्ने क्रममा उनलाई बगाएर करिब पाँच सय मिटर तलसम्म बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार सोही स्थानमा उनलाई मृत अवस्थामा फेला परेका थिए ।
उक्त घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरीले जनाएको छ । अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments