माटो खन्ने क्रममा ढिस्कोले पुर्दा उदयपुरमा एक महिलाको मृत्यु

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–३ चाँप बगरटोलमा माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । घर लिप्नका लागि आइतबार बिहान करिब ११ बजेतिर गेरुवाई खोलामा माटो खन्दै गर्दा ढिस्कोले पुर्दा २४ वर्षीया रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राई त्यही टोलका शंकर राईकी श्रीमती हुन् । घटनापछि प्रहरी अधिकृतसहितको टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

https://www.youtube.com/shorts/m-maCf6eP4k

Facebook Comments