२ सय ७ एम्पुल प्रतिबन्धित लागूऔषधसहित १ जना पक्राउ

त्रियुगा । उदयपुर प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने ३३ वर्षीय डेनिल बस्नेत रहेका छन् ।

उनलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ लालपत्ता क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । कार्यालयले जनाएअनुसार मंगलबार दिउँसो सार्वजनिक सवारीसाधन विङगर रोकेर चेकजाँच गर्ने पक्रमा भेटिएको झोलाभित्र प्रतिबन्धित औषध लुकाइ ल्याइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

उनको झोलामा फेनार्गन ६९ एम्पुल, डाइजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल गरी जम्मा २ सया ७ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

भिडियोः

Facebook Comments