



काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित रहेनन् ।
कार्यक्रम महासचिव शंकर पोख्रेलको सञ्चालनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख वक्ताका रूपमा उपस्थित रहे ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको जिम्मेवारी छोड्न बाध्य भएका ओली अझै सार्वजनिक औपचारिक कार्यक्रममा नदेखिएको यस घटनाले फेरि एकपटक ध्यान तानेको छ ।
Facebook Comments