



काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाइले स्यान्टोस फरेरा रहेका छन् ।
फरेरा ब्राजिलबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी थिइन् । प्रहरीले उनी बोकेको ब्राभित्र लुकाइएका १ किलो ९५० ग्राम कोकिन फेला पारेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनी नेपाल हुँदै भुटान प्रस्थान गर्ने तयारीमा थिइन् ।
उनी विमानस्थलमा शंकास्पद देखिएपछि प्रहरीले निगरानी बढाएको थियो । त्यसपछि चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । फरेराविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियोः
Facebook Comments