फोक्सिङटारमा बेलिब्रिज जडान, उदयपुर-खाेटाङ सिधा सवारी

शुपराज राई
उदयपुर, १३ पुष । उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलीब्रिज सञ्चालनमा आएको छ ।

जिल्लाको उत्तरी गाविस आँपटार र खोटाङको लिच्कीराम्चे गाविसमा जोडिने फोक्सिङटारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज मंगलबारदेखि सञ्चालनमा आएको हो । पहाड लगायत अन्य जिल्ला पुग्न सबैभन्दा छोटो मार्गका रुपमा रहेको सगरमाथा सडक खण्डमा पर्ने सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ ।

सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालनमा आएपछि छिमेकी पहाडी जिल्लाका लागि पनि यातायातका सवारी साधन सञ्चालन गर्न थालिएको हिमाली यातायात व्यवसायी संघ गाईघाटका अध्यक्ष प्रेम चाम्लिङले जानकारी दिएका छन् ।

तस्बिर : सा‌ंसद विशाल भट्टराईकाे फेसबुक टाइमलाइनबाट । 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *