सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । मन्त्री बास्कोटाले राजीनामा दिएको सभामुख अग्नी सापकोटाले संसदमा जानकारी दिए । सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि उनले पदबाट राजीनामा दिएका हुन्।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको निगरानी पोष्टलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ । उनले उक्त अडियोमा कमिसनको डिल गरिरहेका छन् ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन् ।

सुनौं अडियो क्लिप्सः

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *