लागुपदार्थ न्युनिकरणमा उदयपुर मिलन केन्द्रको प्रयास

उदयपुर ।  निजामती दिवसको पुर्वसन्ध्यामा कर्मचारी मिलन केन्द्र उदयपुरले शनिबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा इसिका यादव प्रथम भएकी छिन् । बढ्दो लागुपदार्थ दुव्र्यसनलाई न्युनिरकरण गर्ने उदेश्यले आयोजना गरिएको जिल्ला स्तरीय अन्तर विद्यालय प्रतियोगितामा २६ जना सहभागिलाई पछि पार्दै माध्यमिक बिद्यालय कटारीकी यादव प्रथम भएकी हुन् ।

‘लागु औषध नसा हो, प्रयोग गर्नु दसा हो शिर्षकमा आयोजित प्रतियोगितामा मावि मुर्कुची रौतामाईकी सृष्टि दाहाल, महेन्द्ररत्न मावि रुपाटार ताप्लिकी भुमिका ज्युठकुरी र नमुना मावि भलायडाँडा उदयपुरगढीकी मनिता तिम्सिना क्रमश दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्न सफल भए ।

विजेता ५ हजार, उपविजेता ३ हजार, तेश्रोलाई २ हजार र सान्त्वना स्थान हासिल गर्नेले १ हजार नगद प्रमाणपत्र पाएका छन् । विजेता सबै सामुदायिक बिद्यालयमा अध्ययनरत छात्रा हुन् । छात्रलाई पछि पर्दै उनीहरु विजयी भएका हुन् । उनीहरुलाई आईतबार निजामती दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिने मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले जानकारी दिए ।

दुव्र्यसनको अबश्था जिल्लामा भयाभह भएकाले स्कुले बालबालिकामार्फत अभिभावकलाईसमेत सचेत गराउने गरी कार्यक्रमको आयोजना गरिएको मिलन उनले जानकारी दिए । कार्यक्रममा जिल्लाका ८ स्थानीय तहका १८ बिद्यालयबाट २७ जना सहभागिता रहेको मिलन केन्द्रका सचिब सुमन बुढाथोकीले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिरबहादुर बुढामगरले लागुऔषधको अबश्था जिल्लामा डरलाग्दो गरी बढ्दै गएकाले नियन्त्रणका लागि सबैको साथसहयोग आबश्यक रहेको बताए । उनले कारोबारी गर्ने व्यक्तिले स्कुले बालबालिकालाई नै टार्गेट गरेकाले बिद्यालय, घर र समुदाय सुरक्षित गर्न जरुर रहेको बताए ।

भविष्य बोकेका बालबालिकाहरु नै यसको आदतमा फस्दै गएको बताउँदै उनले लागुऔषध कारोबारीलाई निरुत्साही गर्न सबै बालबालिका, अभिभावक र समुदाय सचेत हुनु पर्नेमा जोड दिए । बिद्यालयमा रहेका बालक्लवहरुले लागुऔषध नियन्त्रणका अभियान थाल्ने र त्यस्ता खालका व्यक्तिहरुको खोजी गरी सचेतना र कारवाहीका लागि सम्बन्धित निकायलाई खवर गर्ने हो भने पनि न्युनिकरणमा जटिलता नथपिने उनको भनाईछ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *