१० वर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिवादी पक्राउ

उदयपुर । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय फैसला भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–७ कौवाई निवासी ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरी जनाएअनुसार उनलाई सोमबार साँझ करिब ८ बजे पक्राउ गरिएको हो । उनलाई अस्थायी प्रहरी पोस्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका मगरलाई उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । उनीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box