‘मनमोहन’ स्मृति पुरस्कार उदयपुरका कवि जीवन ‘आरोही’ लाई


काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा वैशाख १३ गते शनिबार काठमाडौँमा आयोजित राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा उदयपुरका युवा कवि जीवन ‘आरोही’ प्रथम भएका छन् । ‘मनमोहनको सपना’ शीर्षक कविता वाचन गर्दै उत्कृष्ट प्रदर्शन गरेका आरोहीले नगद रु ५० हजारसहित ‘मनमोहन’ स्मृति सम्मान प्राप्त गरेका छन् ।

प्रतियोगितामा लमजुङकी गोमा श्रेष्ठ द्वितीय हुँदै नगद रु ३० हजार र तनहुँका कवि नरोत्तम श्रेष्ठ तृतीय हुँदै रु २० हजार प्राप्त गर्न सफल भएका छन् । देशभरबाट प्राप्त कवितामध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनालाई छनोट गरी अन्तिम वाचनका लागि प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगिताको मूल्यांकन प्रा.डा. जगत प्रसाद उपाध्याय, कवि रामबाबु सुवेदी र डा. विरेन्द्र शर्मा सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले गरेको थियो । कवि जीवन ‘आरोही’ यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा सहभागी भई पटक–पटक पुरस्कृत तथा सम्मानित हुँदै आएका छन् ।

Facebook Comments Box