



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित सिता पाईला टोलमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ करिब २०ः१५ बजे स्थानीय ७३ वर्षीय रामप्रसाद राईले छिमेकी ६४ वर्षीय माहाशेर राईमाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
छरछिमेकीबीचको सामान्य विवाद आवेगमा परिणत हुँदा घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहारबाट माहाशेर राईको छातीको दायाँ माथिल्लो भागमा गहिरो चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टारतर्फ लगिएको भए पनि बाटैमा मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन् ।
घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । हाल उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box