राजपा उदयपुरको एकता भेला सम्पन्न, स्थानीय निर्बाचनमा भाग लिने निर्णय

उदयपुर, १ जेठ ।  राष्ट्रिय जनता पार्टी उदयपुरको पहिलो जिल्ला एकता भेला सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ ।
सद्भावना पार्टी (अनिल झा), सद्भावना पार्टी (राजेन्द्र महतो), तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनाधिकार फोरम गणतान्त्रिक (राजकिशोर यादव) बीच सोमबार पहिलो एकता भेला भएको हो ।
भेलाले तमलोपाका जिल्ला अध्यक्ष खुसिलाल ठाकुरको संयोजकत्वमा चारसदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । अध्यक्ष मण्डलमा सद्भावना(अनिल झा) का जिल्ला अध्यक्ष दयाराम चौधरी, सद्भावना (राजेन्द्र महतो) का जिल्ला अध्यक्ष राजेन्द्र चौधरी र मजफोग (राजकिशोर) का जिल्ला अध्यक्ष शंकरप्रसाद चौधरी रहेका छन् । तीन–तीन महिनामा नेतृत्व आलोपालो गर्ने सहमतिका साथ अध्यक्ष मण्डल गठन गरिएको हो ।
उक्त भेलाले जेठ १० गतेभित्र युवा, महिला र अन्य भातृसंगठनहरु विस्तार गर्ने निर्णय गरेको छ । साथै आफुहरुको माग बमोजिम संविधान संशोधन भए दोस्रोचरणको स्थानीय निर्बाचनमा सहभागि हुने तयारीसमेत भईरहेको मधेसी जनाधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सचिव मण्डलको सदस्य राहुल यादवले बताए ।
राजपाले सरकारलाई संविधान संशोधनका लागि दवाव स्वरुप मोटरसाईकल र्यालीले त्रियुगा नगर परिक्रमा गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *