उदयपुरमा सम्पन्न ‘गीता राई स्मृति रनिङ सिल्ड’ साकेलामा सुनसरीको वर्चश्व

उदयपुर । किरात राई समुदायको प्रमुख पर्व साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा त्रियुगा नगर प्रारम्भिक समिति उदयपुरको आयोजनामा सम्पन्न ‘गीता राई स्मृति साकेला उभौली रनिङ सिल्ड प्रतियोगिता ०८२’ मा सुनसरी जिल्लाले वर्चश्व कायम गरेको छ । धरान उपमहानगरपालिका–१५ यायोक्खा समूहले उपाधिसहित ४० तोला चाँदी जडित सिल्ड र ३० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ ।

धरान–१० ले उपविजेता बन्दै २० हजार नगद र प्रमाणपत्र हात पार्‍यो भने तरहरा यायोक्खाले तेस्रो स्थानमा रहँदै १० हजार नगद प्राप्त गर्‍यो । सान्त्वना पुरस्कार धरान–१३, त्रियुगा–१० ९बोक्से बाबरी० र चौदण्डीगढी यायोक्खाले प्राप्त गरे, जसअन्तर्गत ७÷७ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सदरमुकाम गाईघाटस्थित साकेलास्थान परिसरमा आयोजित प्रतियोगितामा विभिन्न ९ साकेला समूहबीच प्रतिस्पर्धा भएको थियो । समापन समारोहमा गीता राई स्मृति प्रतिष्ठानका तर्फबाट बिमला राई र नगर उपप्रमुख महेश्वरीले पुरस्कार वितरण गरेका थिए ।

साथै, प्रतियोगितासँगै वैशाख २७ गतेदेखि सुरु भएको साकेला उभौली पर्व पनि विधिवत रूपमा सम्पन्न भएको यायोक्खा सचिव बयानसिंह राईले जानकारी दिए । यसपालि त्रियुगा नगरपालिका, चौदण्डीगढी, कटारी, बेलकाका वडा र टोलस्तरीय साकेला कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका थिए ।

भिडियोः

Facebook Comments