



रामपुर । उदयपुरको बेलका नगरपालिकाबाट वडा नम्वर ८ स्थित सप्तकोशी किनारबाट प्रहरीले ठूला परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ । सोमबार बरामद गरिएको गाँजा करिब १ सय ८० किलोग्राम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कार्यालयले जनाएअनुसार गाँजा विहानको राती करिब १:५० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट कोठुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो । बरामद गरिएको गाँजा ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाइ राखिएको अवस्थामा फेला पारेको हो ।
प्रहरीका अनुसार फेला परेको गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा सुरक्षित रूपमा राखिएको छ भने घटनासँग संलग्न व्यक्तिहरुको खोजीलाई अगाडि बढाइएको छ । यस घटनाले उदयपुरमा लागुऔषध कारोबारमा संलग्न गिरोहको सक्रियतामा पुनः बढ्न थालेको देखिन्छ ।