उदयपुरगढीमा भएको माटो परीक्षणपछि स्थानीय कृषकहरु आलु खेतिमा आकर्षित

नेपालटार । उदयपुरगढी गाउँपालिकाले कृषि व्यवसायिकरणलाई अघि बढाउन माटो परीक्षणसँगै लगाएको खेतिले स्थानीय कृषकहरु हर्षित बनेका छन् । हर्षित बन्नेमा गाउँपालिका गाउँपालिका–४ ढुग्रेका किसानहरु रहेका छन् ।

केहि समयअघि सम्पन्न माटो परीक्षण शिविरमा ६४ किसानहरूले आफ्नो खेतबारीको माटो परीक्षण गराएको स्थानीय एक कृषि समुहका अध्यक्ष अर्जुन आले मगरले बताए । अध्यक्ष मगरका अनुसार माटो परीक्षणपछि अधिकांस स्थानको माटो आलु रोप्न उपयुक्त देखिएको छ । हाल ढुग्रेमा क्षेत्रहरुमा आलु खेतिलाई प्राथामिकता दिईएको छ ।

अर्का कृषक कल्पना राना मगरले माटो परीक्षणले कृषकहरूलाई कृषि उत्पादनमा ठूलो टेवा पुगेको बताए । अझ समय समयमा माटो परीक्षण र कृषि प्राविधिकको सल्लाह प्राप्त हुनसके भविष्यमा अझै राम्रो उत्पादनले फड्को मार्नेमा उनको अपेक्षा छ ।

गाउँपालिकाले कृषिलाई व्यवसायिकरूपमा अघि बढाउने उदेश्यले गाउँगाउँमा माटो परीक्षण गरिएको नगर कृषि अधिकृत पारशमणी फुयाँल बताए । अधिकृत फुयाँलका अनुसार माटो परीक्षण प्रदेश १ को माटो र मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीको प्राविधिक सहयोगमा गरिएको थियो ।

माघ महिनामा गरिएको माटो परीक्षण अभियानमा ढुग्रेका ६४ घरपरिवारका किसानहरुले सहभागिता जनाएका थिए । हाल चिसो मौसम र मलिलो माटोको कारण पनि स्थानीय कृषकहरु आलु खेतीतर्फ आकर्षित भएका छन् ।

Facebook Comments