उदयपुर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कार्यसमिति उदयपुरको नयाँ नेतृत्वमा सरोज कार्की चयन भएका छन् । बिहिबार सम्पन्न १० औँ जिल्ला सम्मेलनले कार्कीलाई सर्वसहमत अध्यक्ष पदमा चयन गरेका हुन् ।
सम्मेलनले उनको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष सिताराम राउतले बताए । राउतका अनुसार समितिको उपाध्यक्षमा सुस्मा गोसाई, सागर धमला र ज्ञानदिल थुलुङ राई चयन भएका छन् । सचिवमा सुमन खडका र सहसचिवमा संजिब राउत निरज सेन र नवराज बुढागोकी चयन भएका छन् ।
त्यसैगरी समितिको कोषाध्यक्षमा प्रमिला अधिकारी चयन भएका छन् । यसैगरि सदस्यहरुमा सोभा मगर, शरद आले मगर, प्रेम तामाङ, सुजन दाहाल, प्रनिशा मगर, भिम कार्की, यूकेस बस्नेत, मनिस श्रेष्ठ, देबराज खड्का बिपना पौडेल र रमेश खड्का चयन भएका छन् ।
यसैगरी सदस्यहरुमै गायत्री थापा, अचित विश्वकर्मा, रुजन खत्री, सफिरा राई संजोक राई, सन्जुकला राई, सन्तोष मग्राती, उदयनन्द पौडेल, सन्ध्या कार्की, नबिन मगर, दिपक परियार, खेमराज कार्की संजय गिरी, प्रेम तामाङ, बिनिसा कार्की, सिसम राई र उत्सव खतिवडा चयन भएका छन् ।
सम्मेलन पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार राई ‘हिमाल’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा केन्द्रीय सदस्य तथा उदयपुर ईन्चार्ज मणी खम्बु किराती, केन्द्रीय सदस्य मोहन बहादुर खत्री ‘दिपक’, प्रदेश सांसद् राजन किराती ‘बासु’ पार्टी जिल्ला समन्वय समितिका सचिब किरण राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार स्वतन्त्र सेनानी हरिकुमार राई, प्रेस सेन्टर नेपालका प्रदेश सचिब गजेन्द्र राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
भिडियोः